१५ बैशाख २०८१, शनिबार

सभापति देउवालाई सत्तामा भन्दा महाधिवेशनमा ध्यान दिन पौडेलको आग्रह


शेर बहादुर देउवा र रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्तामा भन्दा पार्टी महाधिवेशनमा ध्यान दिन आग्रह गरेका छन् ।

१४ औं महाधिवेशनको सन्दर्भमा कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमवार भएको भर्चुअल संवादमा उनले देउवालाई सरकार बनाउन भन्दा पार्टीकै महाधिवेशनमा केन्द्रित हुन भनेका हुन् ।

यस्तै पौडेलले महाधिवेशन समयमै नगरेमा पार्टीको दर्ता खारेज भएर बेइज्जती हुनसक्ने भनेर देउवालाई समेत ध्यानाकर्षण गराएका छन् । उनले महाधिवेशन तोकिएको समयसीमा मै गराउनुको विकल्प नभएको भन्दै जरीवाना तिरेर अपमान सहनेतिर नलाग्न सचेत समेत गराएका छन् ।

उनले कोरोनाको बेला पदका लागि महाधिवेशन किन चाहियो भनेर आरोप लगाउनेहरु पनि देखिकोमा यस्तो मान्छे पार्टीमा कसले जन्मायो भनेर आपत्ति समेत प्रकट गरेका छन् ।

उनले महाधिवेशन गर्न नेतृत्वले ध्यान नदिएकाले नै पार्टी अहिले विचित्रको अवस्थामा आइपुगेको देउवालाई आरोप समेत लगाए । कांग्रेसले भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !