२३ बैशाख २०८१, आइतबार

विकासका लागि प्रदेश र स्थानीय तह मिल्नुको विकल्प छैन : मुख्यमन्त्री रार्इ


sherdhan-rai

२३ फागुन, विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार र स्थानीय तह मिलेर काम गरे मात्रै विकास हुने बताएका छन् ।

मुख्यमन्त्री राईले नेपाल नगरपालिका संघ प्रदेश १ को भेलालाई सम्बोधन गर्दै प्रदेश सरकारले छिट्टै ऐन निर्माण गरेर स्थानीय तहसँगको सहकार्यमा विकास निर्माणका कामलाई अघि वढाउने बताए ।

मुलुक संघीयतामा गएसँगै प्रदेश सरकारको मुख्य एजेन्डा विकास र आर्थिक समृद्धि भएकाले सोही अनुसार स्थानीय तहले विकास निमार्णका योजनाहरु बनाउनुपर्ने मुख्यमन्त्री राईको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !