४ जेष्ठ २०८१, शुक्रबार

खिमलाल देवकोटा माअोवादी केन्द्रमा फर्कंदै


Khimlal Devkota

२२ फागुन, काठमाण्डौ । नयाँ शक्ति पार्टी नेपालका नेता खिमलाल देवकोटा माओवादी केन्द्रमा फर्कने तयारी गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवकोटा लगायतका नेताहरुलाई मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको श्रोतले बतायो ।

देवकोटा जनयुद्धकालीन माओवादी नेता हुन् । माओवादीवाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि उनी त्यतै लागेका थिए । उनी जनयुद्धकालदेखि नै भट्टराईको नजिक रहेर काम गर्दै आइरहेका थिए ।

यसअघि नयाँ शक्तिवाट देवेन्द्र पौडेलसहितका नेताहरु माओवादी केन्द्रमा फर्किसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !