१४ बैशाख २०८१, शुक्रबार

खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुन्छ : उपप्रधानमन्त्री पौडेल


बिष्णु पौडेल

काठमाडौँ। नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताएका छन् ।

पद तथा गोपनीयताको शपथ लिएपछि आज सिंहदबारस्थित अर्थ मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारका सबै सामथ्र्य लगाइने बताए ।

उनले कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलता हटाउँदै आर्थिक पुनरुत्थान र पूर्वनिर्धारित समयमा निर्वाचन गराउन अभिभारा पूरा गरिने बताए ।

पदबहालीका क्रममा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहमति दिने सम्बन्धी फाइल स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !