२५ बैशाख २०८१, मंगलबार

एमाले पार्टी फुटाएर नयाँ पार्टी खोल्ने झलनाथ खनालको घोषणा


झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् । आज आफ्नो निकटको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले तत्काल नयाँ पार्टी खोल्नुपर्ने बताएका हुन् ।

भर्चुअल बैठकमा बोल्दै खनालले भने, ‘केपी ओलीले विधि विधान सबै उल्लंघन गरिसके अब मिल्न सकिदैन। नयाँ पार्टी खोल्न ढिला गर्न हुन्न ।’ अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा समय खर्चिएका खनालले साहसका साथ बढ्नुपर्ने बताए ।

अहिले आत्तिने बेला नभएको र जोस जाँगरका साथ बढ्ने बेला भएको बताए । आफूहरुको समूहमा कम्युनिस्ट आन्दोलनका सच्चा नेता कार्यकर्ता रहेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !