२२ बैशाख २०८१, शनिबार

उज्जवल थापाको उपचारको लागि सरकारका तर्फबाट सहयोग गर्ने


उज्वल थापा

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकसँग आज टेलिफोन गरी विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । उपप्रधानमन्त्री पोखरेलले थापाकी आमा शान्ता थापालाई पनि टेलिफोन गरी सरकारका तर्फबाट सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गर्नुभएको थियो ।

“सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौ”– उपप्रधानमन्त्री पोखरेलले भन्नुभएको थियो । कोरोना सड्क्रमति थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !