१२ जेष्ठ २०८१, शनिबार

धन्न म एक पटक मात्र जन्मिएको थिएँ : प्रधानमन्त्री ओली


१९ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक र न्यायालयमा देखिएको जन्ममिति विवाद संसदमा छिरेको बताएका छन् । जन्ममितिको विवाद चलिरहदा आफू भने एक पटक मात्र जन्मिएकाले बचेको उनको टिप्पणी छ ।

शनिबार एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘न्यायाधीशको जन्ममिति, डाक्टरको जन्ममिति, सांसदको जन्ममितिको लफडा रहेको बताए । उनले अघि भने, ‘धन्न म एक म दिन मात्र जन्मिएको थिएँ बचिएछ ।’ ‘एक पल्ट जम्मा एक दिन २००८ साल फागुन ११ गते शनिबार तदनुसार फरबरी २३ तारिख सन् १९५२ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !