२० बैशाख २०८१, बिहिबार

एमालेका थप १२ जना नेतालाई सोधियो २४ घण्टे स्पष्टीकरण (सूचीसहित)


सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेले थप १२ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमबार बसेको स्थायी कमिटी बैठकले प्रमुख विपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

त्यस्तै नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित विघटित संसदका ११ जना निवर्तमान सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गर्नेमध्ये एमालेका २३ सांसद छन् ।

यी हुन् एमालेले २४ घण्टे स्पष्टीकरण सोधेका १२ निवर्तमान सांसदहरु

१. सुरेन्द्र पाण्डे
२. घनश्याम भुसाल
३. सोमप्रसाद पाण्डे
४. विरोध खतिवडा
५. जीवनराम श्रेष्ठ
६. दिपक प्रकाश भट्ट
७. यज्ञराज सुनुवार
८. कृष्णलाल महर्जन
९. झपट रावल
१०. भवानी प्रसाद खापुङ
११. मेटमणि चौधरी
१२. नारायण खतिवडा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !