२३ बैशाख २०८१, आइतबार

नेपाल निकट युवाद्वारा आयोगमा दल दर्ताको निवेदन : पार्टीको नाम नेकपा (एकीकृत), चुनाव चिन्ह कलम !


माधव नेपाल र निर्वाचन आयोग

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले विभाजनको संघारमा पुगेको बेला निर्वाचन आयोगमा माधव नेपाल एमालेकै युवाहरुको नेतृत्वमा नयाँ दल दर्ता भएको निवेदन परेको छ । एमालेकै युवा नेता जीवन राई अध्यक्ष रहने गरी आयोगमा नेकपा (एकीकृत) नामको दल दर्ताका लागि निवेदन परेको आयोग स्रोतले जानकारी दियो । नयाँ दलको चुनाव चिह्न कलम प्रस्ताव गरिएको छ ।

प्रस्तावित दलको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् । स्रोतका अनुसार यी सबै एमाले वरिष्ठ नेता माधव नेपाल निकट युवाहरू हुन् ।

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् । दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको आयोग स्रोतले जानकारी दिएको छ ।

आयोग स्रोतका अनुसार दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेकोले पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको समेत अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगे आयोगको निर्णयबाट दल दर्ता हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !