९ जेष्ठ २०८१, बुधबार

संसद विघटनको प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय


विपक्षी गठबन्‍धन फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले राजनीतिक र कानूनी रूपमा सशक्त प्रतिवाद गर्ने भएको छ । विपक्षी गठबन्धनको नयाँ वानेश्वरस्थित संसद भवनको लोत्से कक्षमा बैठकले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने निर्णय गरेको छन् ।

प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधानको मर्ममाथि नै प्रहार गरेको ठहर नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको आज बसेको वैठकले गरेको हो ।

संयुक्त छलफलपछि शनिवार सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । प्रेस विज्ञप्तिमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

यस्तो छ विपक्षी गठबन्धनको संयुक्त प्रेस वक्तव्य

यस्तो छ विपक्षी गठबन्धनको संयुक्त प्रेस वक्तव्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !