१० जेष्ठ २०८१, बिहिबार

कांग्रेसको निर्णय : संसद विघटनविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने


नेपाली कांग्रेस फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधसभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्‍यसविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले यस्तो निष्‍कर्ष निकालेको नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले जानकारी दिए ।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान समाप्त पार्ने खेलमा लागेकोले त्‍यसको प्रतिवाद गर्ने निर्णय कांग्रेसले गरेको हो । पार्टी सभापति देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको ठहर गर्दै यसको विरोध गर्न कांग्रेसले नागरिक समाजलाई अपील समेत गरेको छ ।

उनका अनुसार काँग्रेसले अरु दलहरूसँग पनि सहकार्य गर्दै राजनीतिक प्रतिरोध गर्ने तयारी गरेको छ । त्‍यसका लागि कांग्रेसले विपक्षी गठबन्धनको बैठक बोलाएको छ । संयुक्त बैठकमा प्रतिनिधिसभा विघटन गर्ने कदमविरूद्ध समान धारणा सँगै बिरोधका कार्यक्रम पनि बनाउने सहमहामन्त्री महतले जानकारी दिए ।

गठबन्धनको बैठकमा नेपाल कांग्रेस, नेकपा माओवादी केन्द्रका साथै नेकपा एमालेको माधव नेपाल पक्ष, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष तथा राष्ट्रिय जनमोर्चाका नेताहरूलाई बोलाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !