४ जेष्ठ २०८१, शुक्रबार

आकस्मिक मन्त्रिपरिषद् बैठक : संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्ने तयारी


मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक जारी रहेको एक मन्त्रीले जानकारी दिएका छन् ।

राष्ट्रपति कार्यालयले मध्य राति विज्ञप्ति जारी गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीका लागि गरिएको दावी खारेज गरेलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरहादुर देउवा दुबैको दाबी नपुग्ने निर्णय गरेकी छन् । यससँगै अब संसद भंग गरेर मध्यावधि चुनावमा जाने निश्चित भएको छ ।

सम्भवत: सरकारले प्रतिनिधिसभा (संसद) विघटन गरेर देशलाई मध्यावधि निर्वाचनमा जान राष्ट्रपति समक्ष सिफारिसको निर्णय गर्ने प्रवल सम्भावना रहेको छ । सम्भवत आगामी मंसिर दुई चरणमा मध्यावधि निर्वाचन गर्ने गरी अहिले बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् छलफल भईरहेको एक मन्त्रीले बताए ।

संविधानको धारा ७६ (५) अनुसार बहुमतको सरकार दिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमै प्रतिनिधिसभा विघटन गर्न लागेका हुन् । उनले विघटन सिफारिसको निर्णय लिन अहिले मन्त्रिपरिषद् बैठक बालुवाटारमा राखेका छन् ।

संविधानको धारा ७६को उपधारा (५) अनुसार प्रधानमन्त्री नियुक्त हुन नसकेपछि अब संसद विघटन र मध्यावधि निर्वाचनको बाटो खुलेको हो । धारा ७६(७) मा भनिएको छ, ‘उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !