२० बैशाख २०८१, बिहिबार

सिंहदरवारमा भइरहेको विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल पनि सहभागी


माधव नेपाल फाइल फोटो

काठमाडौँ । वैकल्पिक सरकार गठनको कसरतमा विपक्षी गठबन्धनको बैठक सिंहदरवारमा जारी रहेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा भइरहेको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका साथै एमालेका नेपाल लगायतका शीर्ष नेताहरु सहभागी छन् ।

उक्त बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईबीच छलफल जारी रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मको लागि बैकल्पिक नयाँ सरकार गठनको लागि दाबी गर्न आब्हान गरेअनुसार विपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी गरिरहेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !