२६ बैशाख २०८१, बुधबार

एकाबिहानै सभापति देउवालाई ओलीको फोन


शेरबहादुर देउवा, केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिहान फोन गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन् ।

ओलीले आज बिहान देउवालाई फोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको कुरा आज दिउँसो बालुवाटारमा पत्रकार सम्मेलनमा बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, “आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई फोन गरेर मैले तपाईंहरू सरकार बनाउनुस् भनेको थिएँ । नभए मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेको थिएँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !