१४ बैशाख २०८१, शुक्रबार

ओलीलाई ठुलो धोका : वैकल्पिक सरकार गठनबारे छलफल गर्न प्रचण्डसँगै नेपाल पुगे देउवा निवास


पुष्पकमल दाहाल, शेरबहादुर देउवा

काठमाडौं । वैकल्पिक सरकार गठनबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानीलकण्ठ पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेपछि वैकल्पिक सरकार गठनबारे छलफल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका हुन्।

स्रोतका अनुसार बुढानीलकण्ठमा विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । उक्त छलफलमा प्रचण्ड र एमालेका नेता माधव नेपाल सहितका नेताहरु छलफलमा जुटेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !