१३ जेष्ठ २०८१, आइतबार

बाबुरामलाई खबरै नगरी जसपाको संसदीय दलको बैठक सिंहदरबारमा सुरु


बाबुराम भट्टराई, महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । स्रोतका अनुसार समसामयिक राजनीतिबारे छलफल गर्न दलको बैठक बोलाएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले ७६ (५) अनुसार सरकार बनाउन आह्वान गरेपछि पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको हो । बोलाइएको जसपाको बैठकलाई चासोका साथ हेरिएको छ ।

स्रोतका अनुसार उक्त बैठकमा बाबुराम भट्टराई-उपेन्द्र यादव भने सहभागी छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !