२१ बैशाख २०८१, शुक्रबार

पौडेलको आरोप : राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो


रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले २४ घण्टाको पनि समय नदिनु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै उनले सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन भएकोमा एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन नसक्ने टिप्पणी गरेका हुन् ।

उनले राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको पौडेलको ठम्मयाई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !