२२ बैशाख २०८१, शनिबार

राष्ट्रपतिले जारी गरिन् सपथ ग्रहण र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्ले सिफारिस गरेका दुई अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले २०७८ नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका सपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ३१ गते प्रधानमन्त्री पदको शपथ लिँदा राष्ट्रपति भण्डारीले वाचन गरेको शब्द ‘प्रतिज्ञा गर्छु’ भन्ने वाचन नगरी ‘त्यो पर्दैन’ भनेपछि विवाद उत्पन्न भएपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको थियो ।

सर्वाेच्चले अन्तरिम आदेश दिइरहनु नपर्ने आदेश दिएपछि सरकारले अध्यादेश ल्याएको छ । प्रधानमन्त्रीको सपथ सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको बेला सरकारले सपथ सम्बन्धी कानुन नभएकाले अध्यादेश जारी गरेको हो ।

कानुन व्यवसायीहरुले राष्ट्रपतिले गराएको शपथको कानुनी हैसियतमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दिएपछि रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सरकारसँग लिखित जवाफ मागेको छ । संविधानले सपथको ढाँचा संघीय कानुन बमोजिम हुनेछ भने पनि अहिलेसम्म कानुन नबनेको हुनाले पछिल्लो विवादको निरुपण गर्न अध्यादेश जारी गरिएको हो ।

साथै राष्ट्रपति भण्डारीले आजै कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ पनि जारी गरेकी छन् ।

राष्ट्रपतिले जारी गरिन् सपथ ग्रहण र कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !