१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्चले ७ जना मन्त्रीलाई पदमुक्त गरेपछि एमालेले दियो यस्तो कडा प्रतिक्रिया


प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक सकिएको छ । उक्त बैठकले सर्वोच्च अदालतले केहीबेर अघि गैरसांसद मन्त्रीहरुको पूनःनियुक्ती गैरसंवैधानिक भनेर गरेको पदमुक्त गर्ने फैसलाको स्वागत गरेको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले आफूहरुले सँधै अदालतको फैसलाको स्वागत र सम्मान गर्ने बताए । बैठकले जनताको उपचारमा कुनै कसर बाँकी नराख्ने पनि निश्कर्ष निकालेको ज्ञवालीले बताए ।

आज सम्पन्न बाग्मती प्रदेशका राष्टियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशनको अवज्ञा गर्नेहरुप्रति गम्भीरतापूर्वक लिएको र पार्टीको उम्मेद्धवारको विपक्षमा मतदान गर्ने कार्यको भत्र्सना गरेको पनि उनले जनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !