१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले ‘धम्कि’ दिएको भन्दै कारबाही गर्न देउवाले दिए निर्वाचन आयोगमा उजुरी


शेरबहादुर देउवा, केपी शर्मा ओली

काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि आयोगमा उजुरी दर्ता गराएको हो ।

काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको निर्णय अनुसार विहीबार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो । ओलीले बुधबार निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा राष्ट्रिय सभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापा बादलका लागि मत मागेका थिए ।

ओलीले बादललाई मतदान नगर्नेलाई कारवाही गर्ने धम्कि दिएका थिए । उक्त धम्किविरुद्ध माओबादी केन्द्र र एमालेकाका वरिष्ठ नेता माधव नेपाल समूह पनि रुष्ट छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !