१४ बैशाख २०८१, शुक्रबार

देउवाले बुझाए प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापन पत्र

कोरोना नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको देउवाको आरोप


देउवाले बुझाए प्रधनमन्त्री ओलीलाई १५ बुँदे ज्ञापन पत्र

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना रोकथाम, उपचार तथा नियन्त्रणबारे १५ बुँदे ज्ञापन पत्र बुझाउदै कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् ।

कोभिड महामारीले नागरिकको दिन-प्रतिदिन मृत्यु हुने क्रम बढेपछि कांग्रेसले प्रधानमन्त्री ओलीलाई भेटेरै ध्यानाकर्षण बुझाएको हो । पार्टीका पदाधिकारीसहित सिंहदरबार पुगेका सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन आग्रह गरेका हुन् ।

कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरीदमा भएको अनियमितताको छानबिन गर्न माग समेत गरेका छन् । भेटमा सभापति देउवाले कोरोनाको तेस्रो लहरको चेतावनी विज्ञहरुले दिइसकेकाले बेलैमा तयारी गर्न सरकारलाई सुझाव दिएका छन् ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !