१८ बैशाख २०८१, मंगलबार

जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन


काठमाडौं । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन्। महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको छ । स्रोतका अनुसार पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाएका थिए ।

जसपा एक नेताका अनुसार संसद सचिवालयले उक्त पत्र दर्ता गरेको छ । नेता महतो केही दिनअघि जसपाका ३४ मध्ये २१ सांसद सहभागी बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !