१४ बैशाख २०८१, शुक्रबार

बादल पुगे माधव नेपाललाई भेट्न कोटेश्वर


माधव नेपाल र बादल

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । आगामी जेठ ६ गते बिहीबार हुने बागमती प्रदेश राष्ट्रियसभाको उपनिर्वाचनमा आफूलाई मतका लागि सहयोग माग्न थापा नेपालको निवास पुगेका हुन् ।

अहिले नेता नेपाल र थापाबीच अहिले भेटवार्ता जारी रहेको छ । बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेको तर्फवाट थापा र विपक्षी गठबन्धन दुवैबाट डा. खिमलाल देवकोटा उम्मेदवार भएका छन् ।

पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिन्ने भने विषय प्रष्ट परिसकेको छैन । एमालेका ओली र नेपाल दुवै समुह एक भएर नेपाल समूहले भोट दिएका बादलले जित्ने निश्चित जस्तै देखिएको छ । एमालेले बादलको पक्षमा मतदान गर्न हिजो सोमबार पार्टीमा ह्वीप समेत जारी गरिसकेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु