२६ बैशाख २०८१, बुधबार

बाबुराम भन्छन्, ‘देश गम्भीर संकटमा फस्दैछ’


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्‍ने बताएका छन् । उनले एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा फस्‍न लागेको बताएका हुन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले ओली सरकारले नीति कार्यक्रम र बजेट पास गर्न नसक्नुको साथै बैकल्पिक सरकार बन्न पनि नसक्ने गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनले संविधानका स्तम्भ एकएक गरी ढल्दै गएकोले सबै पार्टी र नेता निरीह भएको भन्दै सर्पको मुखका भ्यागुता जस्तो भएको टिप्पणी गर्दै राष्ट्रिय एकताको कुरा गर्नु अपराध हो भन्दो प्रश्न समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘देश गम्भीर संकटमा फस्दैछ । एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न ! संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् ! सबै पार्टी/नेता निरीह!सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !