१४ बैशाख २०८१, शुक्रबार

नवनियुक्त कर्णाली प्रदेशका दुई मन्त्रीलाई गराइयो शपथ


कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीलाई गराइयो शपथ

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएसंगै नवनियुक्त दुई मन्त्रीले आज सोमबार शपथ ग्रहण गराइएको छ । उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराइएको छ ।

आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले हिजो नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा ६ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । श्री नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी विकास, कुर्मराज शाहीलाई भूमिव्यवस्था, कृषि तथा सहकारी, सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !