२३ बैशाख २०८१, आइतबार

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई “श्रद्धाञ्जलि” दिएपछि…


सूर्य थापा

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापालाई सामाजिक संजालमा “श्रद्धाञ्जलि” आएपछि थापाले कारवाहीको माग गरेका छन्। कोरोना संक्रमित थापा केहि हप्ता अगाडीदेखि होम आइसोलेशनमा छन्।

थापालाई “श्रद्धाञ्जलि” दिएपछि थापाले कारवाहीको माग गर्दै लेखेका छन् “म आइसाेलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेकाे पाएर आश्चर्यचकित भएको छु । “युगपुरूष प्रचण्ड” नामक ग्रुपबाट नै म जिंउँदाे मान्छेलाई दुष्ट नियतका साथ “श्रद्धाञ्जलि” नै दिइएकाे देख्दा अपराधीहरूकाे कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ । बैशाख २७ गते र आज माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फाेटाेसप गरेर मेराे स्टाटसजस्तैगरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेकाे गिराेहकाे अपराधपूर्ण कार्यप्रति पनि गंगीर ध्यानाकर्षण भएकाे छ ।
त्यस्ता तत्वहरूलाई तथ्यकाे आधारमा प्रतिष्पर्धा एवं तर्ककाे सामना गर्न म चुनाैति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनकाे क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नाे कर्तव्य निर्वाह गरी दाेषीहरू उपर कडा कारबाही गर्न विशेष जाेड दिन चाहन्छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !