२४ बैशाख २०८१, सोमबार

प्रदेश नम्बर ३ को मन्त्रिपरिषद विस्तार


pradesh 3

६ फागुन, हेटौंडा । प्रदेश ३ को मन्त्रिपरिषद् विस्तार संगै एमालेवाट तीन र माओवादीवाट एकजना मन्त्री थपिएका छन् ।

बुधबार भएको मन्त्रिपरिषद विस्तारमा अरुण नेपाल, कैलाश ढुंगेल, दावादोर्जे लामा र युवराज दुलाल मन्त्री बनेका छन् । यससंगै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ ।

एमाले पोलिटव्यूरो सदस्य नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढुंगेल अर्थ तथा योजना मन्त्री बन्दा लामाले कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

माओवादी नेता दुलालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुलालले लामो समय माओवादी अध्यक्ष प्रचण्डको अंगरक्षकका रुपमा काम गरेका थिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !