१४ बैशाख २०८१, शुक्रबार

ओली र नेपालवीच सहमति भएपछि शान्ता चौधरी भइन् यतिसम्म खुशी


शान्ता चौधरी

काठमाडौँ । नेकपा एमालेकी नेत्री शान्ता चौधरी पार्टीका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता अधव नेपालवीच पार्टी एकता जोघाउन सहमति भएपछि खुशी हुँदै आफ्नो प्रतिक्रिया दिएकी छन् ।

सामाजिक संजाल ट्वीटरमा उनले लेख्दै उनले नेकपा (एमाले) को आन्तरिक एकताप्रति कटिबद्ध भएको खबरले सबैलाई खुसी बनाएको बताएकी छन् । उनले हामी सबैलाई बधाई छ भन्दैआउँदा दिनमा सबैले जिम्मेबारी बोध गर्दै देश कोरोना महामारीले आक्रान्त भएको अहिलेको अबस्थामा अब सबै एकजुट भएर महामारीबिरुद्ध लड्नु अहिलेको मुख्य काम भएको स्पष्ट पारेकी छन् ।

उनले शीर्ष नेताहरुको सुझबुझ र दोश्रो नेताहरुको अनबरत प्रयत्नबाट आज यो सफलता हात लागेको भन्दै अब एकताबाट दायां-बायाँ हुने काम कहि कतैबाट नहोस भन्दै यो देश र जनताको भविष्यसंग गाँसिएको बिषय भएको धारणा व्यक्त गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !