१४ बैशाख २०८१, शुक्रबार

ओली र नेपालको कुरा मिलेपछि खुशी हुँदै गोकुल बाँस्कोटाले यस्तो लेखे


गोकुल बाँस्कोटा

काठमाडौँ । चर्चित पूर्वमन्त्री तथा नेकपा एमालेको ओली समूहका नेता गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच समझदारी भएपछि खुसीयाली व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा बाँस्कोटाले लेखेका छन्, ‘जे भो राम्रो भो, थप राम्रो हुँदै जान्छ ।’

एमालेका अध्यक्ष ओली र बरिष्ठ नेता नेपालको कुरा मिलेर सहमति नजिक पुगेका छन् । आज ओली र नेपालवीच बूढानीलकण्ठ, चपली हाइटस्थित व्यवसायी क्याप्टेन रामेश्वर थापाको घरमा वार्ता भएर दुई नेताहरु सहमति नजिक पुगेसंगै नेपाल समूहका सांसदहरुले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ ।

करिब ४ घण्टा ओली र नेपालवीच फागुन २८ को निर्णय फिर्ता गर्ने २०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने र मिल्ने दिशामा अगाडि बढ्ने बारेमा छलफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !