४ जेष्ठ २०८१, शुक्रबार

प्रदेश २ मा चार मन्त्रीसहित तीन राज्यमन्त्री थपिए


mantri-sapath

१६ फागुन, जनकपुरधाम । प्रदेश नम्बर २ को मन्त्रिपरिषद् विस्तारवाट चारमन्त्री र तीन राज्यमन्त्रीले शपथग्रहण लिएका छन् ।

मन्त्रीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संघीय समाजवादी फोरम नेपालका ज्ञानेन्द्र कुमार यादव प्रदेश सरकारको गृह आन्तरिक मामिला तथा कानुन, शैलेन्द्र साह भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र राष्ट्रिय जनता पार्टी नेपालवाट नवलकिशोर साह सुडी सामाजिक विकास मन्त्रालय र रामनरेश राय उद्योग तथा पर्यटन, वन तथा वातावरण मन्त्रीलाई शपथग्रहण गराएका थिए ।

मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले संघीय समाजवादी फोरम नेपालको तर्फवाटै सरोज सिंह कुशवाहा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री, योगेन्द्र राय यादव भूमि व्यवस्था कृषि तथा सहकारी रान्यमन्त्री र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको रुपमा उषा यादवलाई नेपालीमा शपथग्रहण गराएका थिए ।

यसअघि, नै मुख्यमन्त्री लालबाबु राउतले शपथ लिएकै दिन अर्थमन्त्री विजय यादव र जितेन्द्र सोनल भौतिक पूर्वाधार विकास मन्त्री बनिसकेका छन् ।

बुधबार भएको मन्त्री परिषद्को विस्तारसँगै मुख्यमन्त्रीसहित ६ मन्त्री र तीन राज्यमन्त्री गरी कुल १० सदस्यीय मन्त्रिपरिषद् भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !