२२ बैशाख २०८१, शनिबार

सुरक्षा निकायको ब्रिफिङ लिन गृहमन्त्री प्रहरी हेडक्वार्टर


rambahadur-thapa-badal

१६ फागुन, काठमाण्डौ । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बनेपछि पहिलो पटक प्रहरी हेडक्वार्टर निरीक्षणमा निस्केका छन् । उनले देशको पछिल्लो सुरक्षा अबस्थाको बारेमा ब्रिफिङ लिएका छन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनको अवस्था र शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीलाई अवगत गराएका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) देखि माथिल्लो दर्जाका प्रहरी अधिकृतहरु ब्रिफिङमा सहभागी रहेको स्रोतले बतायो । साथै गृहमन्त्रीले देशको शान्ति सुरक्षा चुस्त र दुरुस्त बनाउन प्रहरी अधिकृतहरुलाई निर्देशनसमेत दिएका छन् ।

यसअघि गृहमन्त्री नियुक्त भएलगत्तै प्रतिक्रिया दिँदै थापाले नेपालको सुरक्षा निकायलाई विश्वकै नमुना बनाउने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !