२० बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्य


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालू अधिशेवन आजै सोमबार मध्यरातिबाट अन्त्य गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन नसकेपछि बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संसदको अधिवेशन अन्त्य आजै सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

प्रतिनिधिसभाका सचीव गोपालनाथ योगीले आज एक सूचनापत्र जारी गर्दै संसदमा आज सभामुख अग्नि प्रसाद सापकोटाले यहि वैशाख ३० गते १ बजे बस्ने गरी बोलाएको संसद बैठक अन्त्य भएको जानकारी दिएका हुन् ।

राष्ट्रपति भण्डारीद्वारा संसद् अधिवेशन अन्त्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !