१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनीका मूख्यमन्त्री पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता


लुम्बिनीका मूख्यमन्त्री पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता

वुटवल । लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलका विरुद्ध पुन: प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउसो ११.३० बजे ४० जना साँसदले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस प्रमुख सतेक फकुरूदिन खान लगायतले प्रदेशसभा सचिव दुर्लभ पुनलाई अविश्वास प्रस्ताव बुझाएका हुन् । विपक्षी गठबन्धनले भने आफूतिर बहुमत रहेको भन्दै मुख्यमन्त्रीको पुनर्नियुक्ति खारेज गर्नुपर्ने जिकिर गर्दै आएका छन् ।

प्रदेशसभामा रहेका ७९ जना सांसदमध्ये नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी लगायतका ४० जना साँसदहरुले अविश्वासको पक्षमा हस्ताक्षर गरेका हुन् ।

यसअघि पनि अविश्वास प्रस्ताव दर्ता गरिएकोले मुख्यमन्त्री पाेखरेलले राजीनामा दिएतापनि राजीनामापछि बहुमत दलका आधारमा पुनः पाेखरेल मुख्यमन्त्री बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !