२५ बैशाख २०८१, मंगलबार

उपसमितिले अन्तरिम विधान र भातृ संगठन एकीकरणको मस्यौदा बनाउने


Antarim bidan masudha samiti

 फागुन १५, काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टीको अन्तरिम विधान र संगठनात्मक एकता सम्बन्धी बिधि तयार पार्न गठित कार्यदलले प्रारम्भिक मस्यौदा बनाउन एमाले र माओवादीको पार्टीले उपसमिति गठन गरेको छ । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आज मंगलबार बसेको कार्यदलको बैठकले फागुन २२ भित्र प्रारम्भिक मस्यौदा पेश गर्न दुई/दुई सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका प्रवक्ता गोकर्ण विष्टका अनुसार अन्तरिम बिधानको प्रारम्भिक खाका मस्यौदा गर्न माओवादीका वर्षमान पुन र एमालेका बेदुराम भुसाल रहेको उपसमिति गठन गरेको छ ।

त्यस्तै जनसंगठन, भातृ संगठन, सामुदायिक संगठन, पेशागत संगठन र बिभिन्न प्रतिष्ठानहरुको एकीककरण बिधि र नीति तय गर्न अर्को कार्यदल बनेको छ । कार्यदलमा एमालेका गोकर्ण विष्ट र माओवादीका गिरिराजमणि पोखरेल छन् ।

कार्यदलले प्रारम्भिक रिपोर्ट पेश गरेपछि थप छलफल गरेर फागुन २५ भित्र अन्तरिम बिधान र संगठनात्मक एकीकरणकेा बिधि पार्टी एकता संयोजन समिति समक्ष पेश गर्नेछ ।

कार्यदलको संयोजक माओवादी नेता रामवहादुर थापा बादल छन् भने एमालेबाट ईश्वर पोखरेल, बिष्णु पौडेल,गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे,रघुवीर महासेठ र बेदुराम भुसाल छन् । माओवादीबाट गिरिराजमणि पोखरेल,वर्षमान पुन, जनार्दन शर्मा र मात्रिका यादव सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !