२३ बैशाख २०८१, आइतबार

प्रदेश नम्बर ३ को मन्त्रिपरिषद बुधबार विस्तार हुँदै


pradesh n 3

१५ फागुन, काठमाण्डौ । प्रदेश नम्बर ३ मा बुधबार मन्त्रिपरिषद विस्तार हुने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेल सबैभन्दा पहिले मुख्यमन्त्री बनेका पनि मन्त्रिपरिषदलाई पूर्णता दिनमा भने अन्य प्रदेशभन्दा पछि परेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग समन्वय गरेर बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागिएको पौडेल निकट स्रोतले जनाएको छ ।
मुख्यमन्त्री ७ मन्त्रालयमध्ये आन्तरिक मामिलामा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेको केशव स्थापित नियुक्त भइसकेका छन् ।
एमालेवाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले बुधबार सपथग्रहण गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !