२४ बैशाख २०८१, सोमबार

राष्ट्रपति कसलाई बनाउने भन्नेबारे टुंगो लागेको छैन : एमाले उपाध्यक्ष रावल


भीम रावल

१४ फागुन, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुँगो लगाउने र चैत्रको पहिलो हप्ताभित्रै बृहत्त एकता घोषणा गर्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले भने,‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुँगो लगाउने बताए ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाए ।

उनले भने,‘दुई वटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकोले हामीहरु दुवै कार्यदल अहिले आन्तरिक कार्यमा व्यस्त छौं, अन्तरिम विधान लेखन सुरु गरिसकेका छौं, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाईरहेका छौं ।’

त्यस्तै उनले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै टुँगो लागि नसकेको जिकिर गरे । रावलले भने,‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुँगो लागेको छैन, स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुँगो लाग्न बाँकी छ ।’

रावलले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकोले लोकतन्त्र र कानूनी शासन अनुसार सबै चल्नुपर्नेमा जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !