१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

आजको बैठकका एजेण्डा नखुलाइएपनि नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रित छलफल र निर्णय हुन सक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस पारित गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको बुझिएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने भएपनि प्रधानमन्त्रीले आइतबार बैठक बोलाएका हुन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु