२३ बैशाख २०८१, आइतबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक अचानक स्थगित


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक अचानक स्थगित भएको छ । समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न माओवादी केन्द्रले आज सोमबारका लागि स्थायी समितिको बैठक बोलाइएको थियो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकारले अचानक संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि यसबारे अरू दलहरूको धारणा लिएर मंगलबार सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे निर्णय लिन बैठक बस्ने बताए । बैठक मंगलबार १ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्नेछ ।

सरकारले अचानक प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक रोकेर संसदमा प्रतिनिधित्व गर्ने अरु दलहरुसँग छलफल गर्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !