२४ बैशाख २०८१, सोमबार

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा विजयी


shrijana sharma

६ फागुन, पोखरा । प्रदेश नम्बर ४ को उपसभामुख नेकपा एमालेकी सांसद सिर्जना शर्मा बनेकी छन् ।

आइतबार नदीपुरस्थित प्रदेशसभा बैठकमा भएको मतदानमा सिर्जनाले ३८ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन् । शर्मालाई एमालेका मायानाथ अधिकारीले प्रस्ताव र माओवादी प्रदेश ४ प्रमुख सचेतक गायत्री गुरुङले समर्थन गरेका थिए ।

संघीयता कार्यान्वयनकै चरणमा प्रदेश सरकार निर्माण भएकाले नीति निर्माणदेखि यसको जग बसाल्ने वातावरण बनाउन आफ्नो भूमिका रहने शर्माले बताइन् । शर्मासँगै एमाले सांसद मित्रकुमारी सुवेदी गुरुङ र नरदेवी पुनको पनि उपसभामुखमा आकांक्षा थियो । शर्मालाई आज बिहानको एमाले संसदीय दलको बैठकले उपसभामुखमा सिफारिस गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !