६ बैशाख २०८१, बिहिबार

ओलीले बोलाएको बैठक बहिस्कार गरी प्रचण्डले नेपालसँग कोटेश्वरमा के गरे छलफल ?


प्रचण्ड-नेपाल समूह फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक आज शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

आज बस्ने सर्वदलीय बैठकमा कोरोना महामारीले उत्पन्न गरेको समस्याको बारेमा पनि छलफल हुने बुझिएको छ । आज बस्न लागेको बैठकमा विभिन्न दलका शीर्ष नेताहरु तथा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल सहभागी नहुने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

यस्तै, अहिले बस्न गइरहेको सर्वदलीय बैठकमा नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल पक्षलाई पनि खबर गरिएको छैन । पछिल्लो समय देशव्यापी समानान्तर कमिटी गठनलाई तिव्रता दिँदै आएको नेता नेपाललाई प्रधानमन्त्री ओलीले बोलाउन नचाहेको स्रोतको भनाइ छ ।

तर यस्तै आज बस्न लागेको सर्वदलीय बैठकमा एमालेका वरिष्ठ नेता नेपाललाई बैठकबारे जानकारी नै नभएको बताएको छ । ’निलम्बन गरेको मानिसलाई कहाँ बोलाउनुहुन्छ र । खै बैठकबारे हामीलाई जानकारी छैन्,’ सचिवालयका एक सदस्यले भने ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठक बहिस्कार गरी प्रचण्डले कोटेश्वरमा माधव नेपालसँग गहन छलफलमा गरेको बुझिएको छ । उनीहरुबीच कोटेश्वरका एक व्यवसायीको घरमा छलफल भएको हो ।

नेपाल आज विहान झापाबाट फर्किए लगत्तै कोटेश्वरको खरिबोट नजिक चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको छ । छलफलमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।

कर्णालीमा माधव नेपाल समूहको सहयोगमा माओवादी सरकार जोगिएको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो । गण्डकीमा पनि एमालेका मुख्यमन्त्रीविरुद्ध कांग्रेस माओवादीले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका प्रचण्डले एमालेबाट निलम्बित नेता नेपालसँग भेट गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ ।

यो पनि पढ्नुहोस्

ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड र माधव नेपाल सहभागी नहुने

आज प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

ओलीको निम्तो प्रचण्डद्वारा अस्वीकार : बालुवाटार होइन, सिंहदरबारमा भेटौं

गुहार माग्दै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, के कुरा भयो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !