१४ बैशाख २०८१, शुक्रबार

ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड र माधव नेपाल सहभागी नहुने


ओली, प्रचण्ड र नेपाल फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक आज शनिवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

आज बस्ने सर्वदलीय बैठकमा कोरोना महामारीले उत्पन्न गरेको समस्याको बारेमा पनि छलफल हुने बुझिएको छ । आज बस्न लागेको बैठकमा विभिन्न दलका शीर्ष नेताहरु तथा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको थियो ।

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री ओलीले आज बोलाएको सर्वदलीय बैठकमा सरकारलाई समर्थन कायमै राखेको नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका थिए । आफूलाई प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि फोन गरेको प्रचण्डले बताएका थिए ।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन उद्घाटनपछि प्रचण्डलाई ओलीले फोन गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लामो समयपछि टेलिफोनमा संवाद गरेका थिए ।

प्रतिनिधिसभा विघटन र एमाले माओवादी ब्युँतिएपछि दुवै नेतावीच कुनै संवाद हुन सकेको थिएन । हिजो लामो समयपछि ओलीले प्रचण्डलाई फोन सम्पर्क गरेका थिए ।

माओवादी केन्द्रका नेताहरुका अनुसार ओलीले बेला-बेलामा प्रचण्डलाई फोन गरेर भेटन अनुरोध गरेको भए पनि एक्लै भेटन अस्वीकार गर्दै आएका प्रचण्ड आज ओलीले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका हुन् ।

यस्तै आज बस्न लागेको सर्वदलीय बैठकमा एमालेका वरिष्ठ नेता नेपालले पनि बहिष्कार गर्ने भएका छन् । नेपालको सचिवालयले बैठकबारे जानकारी नै नभएको बताएको छ । ’निलम्बन गरेको मानिसलाई कहाँ बोलाउनुहुन्छ र । खै बैठकबारे हामीलाई जानकारी छैन्,’ सचिवालयका एक सदस्यले भने । ओलीले पार्टीको विधान विपरित गितिविधि गरेको भन्दै नेपाल समूहका ४ जना नेतालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् ।

यो पनि पढ्नुहोस्

आज प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

ओलीको निम्तो प्रचण्डद्वारा अस्वीकार : बालुवाटार होइन, सिंहदरबारमा भेटौं

गुहार माग्दै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन, के कुरा भयो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !