२३ बैशाख २०८१, आइतबार

प्रदेश नम्बर ७ मा मुख्यमन्त्रीको सपथ संगै सात सरकारको गठन


Trilochan-bhatta

५ फागुन, धनगढी । प्रदेश नम्बर ७ मा माओवादीवाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले प्रदेश प्रमुख मोहनराज मल्लसामू पद तथा गोपनियताको सपथ लिए सँगै सात सदस्यीय सरकार गठन भएको छ ।

एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्री बनेका छन् । मुख्यमन्त्रीका दावेदार रहेका माओवादीका झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै पठानसिह बोहरा, भौतिक पुर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग पर्यटन वन तथा बातावरण र विनीता चौधरी भूमि व्यवस्थापन, कृषी तथा सहकारी मन्त्री बनेका छन् । बोहोरा, सोडारी र भट्ट एमाले सांसद हुन् भने चौधरी माओवादीवाट मन्त्री बनेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !