१४ बैशाख २०८१, शुक्रबार

गोकुल बास्कोटाले यत्तिसम्म खिल्ली उढाए प्रचण्ड र नारायणकाजीलाई


गोकुल बाँस्कोटा

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका संसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई खिल्ली उढाएका छन् ।

आज शनिबार बिहानै सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले अलिक दिन पछि आइयो, कमरेड प्रचण्डलाई युसुक्क धन्यवाद भनौ भनेर व्यंग गर्दै कमसेकम सरकार बनाउने लक्ष्यसाथ चार गोल मज्जाले ठोक्नु भएछ भनेर प्रचण्डलाई मजाक उढाएका छन् ।

साथै उनले दर्जन दिम है कमरेड, स्वाद आम्छ के दर्शकलाई भन्दै सानो अनुरोध पनि थियो लेख्दै मिडफिल्ड चै काजीलाइ अचम्मै कम्फरटेवल देखिने क्या ! भनेर नारायणकाजीलाई पनि मजाक गर्दै व्यंग गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो दिउँसो आफ्नो निवास बूढानीलकण्ठमा कांग्रेस, माओवादी केन्द्र र जसपावीच तीन दलको बोलाएको संयुक्त बैठकमा नारायणकाजी श्रेष्ठ प्रचण्ड र बाबुराम भट्टराईको वीचमा बसेकोले उनलाई बास्कोटाले शब्दरुपी तीखो बाण हानेका हुन् ।

देउवा, प्रचण्ड, बाबुराम, महन्त र नारायणकाजी

उनले लेखेका छन्, ‘अलिक दिन पछि आइयो, कमरेड प्रचण्डलाई युसुक्क धन्यवाद भनौ भनेर। कमसेकम सरकार बनाउने लक्ष्यसाथ चार गोल मज्जाले ठोक्नु भएछ । दर्जन दिम है कमरेड, स्वाद आम्छ के दर्शकलाई । सानो अनुरोध पनि थियो – मिडफिल्ड चै काजीलाइ अचम्मै कम्फरटेवल देखिने क्या !!!’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !