२५ बैशाख २०८१, मंगलबार

प्रदेश नम्बर २ का मुख्यमन्त्रीले लिए सपथ


pradesh 2

३ फागुन, जनकपुरधाम । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुर चुरोट कारखानाको परिसरमा आयोजित सपथ समारोहमा उनले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थवाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मुख्यमन्त्री राउतसँगै बिहीबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले पनि सपथ लिएका छन् । मुख्मन्त्री राउतले भोजपुरी, आर्थिक मामिला मन्त्री यादवले मैथिली र सोनलले हिन्दी भाषामा सपथ लिएका छन् ।

सपथपछि मुख्यमन्त्री राउतले हिन्दी र नेपाली भाषामा सम्बोधन गरेका थिए । मुख्यमन्त्री राउतले शिक्षा, स्वास्थ्य, सिञ्चाई, सुशासन, सडक गरी पाँच स मा आफूले जोड दिने उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !