१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा सरकारवाट बाहिरियो माओवादी केन्द्र, अव के होला मुख्यमन्त्री गुरुङको पद ?


पृथ्वीसुब्बा गुरुङ फाइल फोटो

पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । आज राजीनामा दिने माओवादी मन्त्रीहरुमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर पुन रहेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङ नेतृत्वको सरकारमा रहेका नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका हुन् । माओवादी संसदीय दलका नेतासमेत रहेका चुमानले बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए ।

उनीहरु दुवैजना २०७४ फागुन ४ महिनादेखि मन्त्री रहँदै आएका थिए । गण्डकी प्रदेशमा नेकपा एमालेलाई मुख्यमन्त्री र नेकपा माओवादी केन्द्रलाई सभामुखको पद भागबण्डा गरिएको थियो ।

आज बुधबार विहान बसेको माओवादी संसदीय दल बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन दिएको निर्देशन अनुसार उनीहरुले राजीनामा दिएका हुन् । यद्यपि संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने अहिलेसम्म गरेको छैन ।

यसरी गण्डकी प्रदेशका २ जना माओवादी केन्द्रवाट मन्त्री बनेकाले राजीनामा दिएसंगै अव मुख्यमन्त्री गुरुङको पद के होला त भन्ने जनचासो बढेको छ । आउनुस् यस विषयमा सविस्तारमा चर्चा गरौ ।

६० सदस्यीय रहेको गण्डकी प्रदेशसभामा एमाले २७ जना, कांग्रेस १५ जना, माओवादी १२ जना, राष्ट्रिय जनमोर्चा ३ जना र जनता समाजवादीका २ जना सांसद रहेका छन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई अहिलेसम्म माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन यथावत छ ।

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिएपनि संसदको अंकगणितमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमै देखिएका छन् । माओवादी सरकारबाट बाहिरिए तापनि समर्थन भने फिर्ता गरिसकेको छैन । ६० जना सांसद रहेको प्रदेशसभामा सरकारलाई बहुमत पुर्याउन ३१ जना सांसद आवश्यक पर्दछ ।

एमालेको मात्रै २७ जना सांसद छन् भने ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ । अहिलेसम्म जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

बहुमतका लागि चाहिने ३१ जना सांसदको समर्थन एमालेका सांसद र जनमोर्चाका संसद जोड्दा पुग्ने भएकोले मुख्यमन्त्री गुरुङको पद तत्कालको लागि सुरक्षित नै देखिएको छ ।

यो पनि पढ्नुहोस्

अन्तत: गण्डकी प्रदेशका २ जना माओवादी मन्त्रीले दिए राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !