२६ बैशाख २०८१, बुधबार

कर्णाली प्रदेशका एमालेका ३ जना मन्त्रीले दिए सामुहिक राजीनामा


प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बूढा

सुर्खेत । कर्णाली प्रदेशमा सरकारमा सहभागी भएका नेकपा एमालेका ३ जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । कर्णाली प्रदेश एमालेको संसदीय दलले दिएको निर्देशन अनुसार खनाल-नेपाल समूहका तीनै जना मन्त्रीहरुले आज मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा दिएका हुन् ।

आज राजीनामा दिने मन्त्रीहरुमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले रहेका छन् ।

अहिले एमाले संसदीय दलको वैठक पनि जारी रहेको छ । तीन मन्त्रीको राजीनामा आएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूसँग सरकार जोगाउने विकल्प बाँकी रहेको बताएका छन् ।

कर्णाली प्रदेशमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । आइतबार संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले २४ घण्टाभित्र सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिने निर्णय गरेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २० जना, माओवादी केन्द्रका १३ जना र राप्रपाका १ जना सांसद रहेकामध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ जना मात्र रहेको छ ।

नेकपा एमालेले चैत ५ गतेदेखि लागू हुनेगरी सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेकाले अविलम्ब मार्गप्रशस्त गर्नका लागि आग्रह गरिएको थियो । एमालेबाट मन्त्री बनेकाले राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार संकटमा परेको छ ।

यो पनि पढ्नुहोस्

कर्णाली एमाले संसदीय दलको बैठक : एमालेका मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने निर्णय

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको विकल्प राजीनामा !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !