८ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको विकल्प राजीनामा !


महेन्द्रबहादुर शाही

काठमाडौं । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । नेकपा एमालेले संसदीय दलको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । साथै सरकारमा रहेका मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकले मन्त्री बनेका एमालेका सांसदहरुलाई ५ दिनभित्र फिर्ता बोलाउने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् । दलको बैठकमा एमालेका २० जना सांसदमध्ये १० जना मात्रै सहभागी थिए ।

समथर्न फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेको छ । शाहीसँग अब राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने विकल्प छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !