१० जेष्ठ २०८१, बिहिबार

गोकुल बास्कोटाले रामचन्द्र पौडेललाई कलियूगका रामचन्द्र भन्दै यत्तिसम्म खिल्ली उढाए

गोकुल बास्कोटा भन्छन्, 'रामचन्द्र १८ पटकको प्रयासमा पनि प्रधानमन्त्री बन्न सकेनन्'


गोकुल बास्कोटा

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका सांसद गोकुल बास्कोटाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १८ पटकको प्रयास गर्दा समेत पनि प्रधानमन्त्री बन्न नसकेको ऐतिहासिक दृष्टान्त प्रस्तुत गर्दै पौडेललाई खिल्ली उढाएका हुन् ।

आज आइतबार बेलुकी सामाजिक संजाल ट्वीटरमा लेख्दै बाँस्कोटाले कलियूगका रामचन्द्रलाई तनहुँमा चुनावी तयारी गर्न आग्रह गर्दै पौडेलले संसदीय अभ्यास भन्दा बाहिर गएर प्रधानमन्त्री बन्न खोजेको आरोप समेत लगाएका छन् ।

बाँस्कोटाले पौडेललाई कलियूगका रामचन्द्रको उपनाम दिएर पौडेलको अभ्यास कसैले नपत्याउने दावीसहित पशुपतिनाथ पुकार्दै पौडेललाई तनहुँमा गएर कृष्णसित भिड्न चुनावको तयारी गर्न आग्रह गर्दै व्यंग्य प्रहार गरेका छन् ।

उनले लेखेका छन्, ‘कलीयुगका रामचन्द्र प्रधानमन्त्री बन्नका लागि अठारौ प्रयासमा त्यो पनि संसदीय अभ्यास भन्दा बाहिर रहेर । पत्याई दिनु नि कसैले त। हे ! पशुपतिनाथ । बरु चुनावको तयारी गरे राम्रो तनहुँका कष्णसित ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !