४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रियसभामा सरकारको मनोनयन राष्ट्रपतिले गर्ने मन्त्री बस्नेतको दावी


Mohan-Bahadur-Basnet

१ फागुन, काठमाण्डौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार रिपोर्टर्स क्लबमा सरकारले राष्ट्रियसभा सदस्यमा गरेको ३ जनाको मनोनयन राष्ट्रपतिले अनुमोदन गर्ने बताएका छन् ।

बस्नेतले सरकारले राष्ट्रियसभामा मनोनित गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको जानकारी दिँदै उक्त नाम अनुमोदन हुने दाबी गरे ।

उनले प्रधानमन्त्रीले गरेका सिफारिलाई राष्ट्रपतिले अस्वीकार गर्नै नमिल्ने जिकिर गरे । ‘यदि प्रधानमन्त्रीले संविधानसम्मत रुपमा गरेका सिफारिसहरुलाई राष्ट्रपतिले अस्वीकार गर्नुभयो भने यो त क्याविनेट प्रणालीमाथिको प्रश्न हो नि, मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !