२४ बैशाख २०८१, सोमबार

अन्तत: कांग्रेसले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय


कांग्रेस बैठक

काठमाडौं । अन्तत: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ । साथै आफ्नै नेतृत्वमा आगामी सरकार गठन गर्ने निर्णय पनि गरेको छ ।

आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अग्रसरता लिने निर्णय गरेको हो । नेपाली काँग्रेसमा वैकल्पिक सरकार निर्माणको विषयमा कुरा नमिल्दा दिउँसो २ बजेका लागि बोलाइएको बैठक साँझ ७ बजेपछि मात्र शुरु भएको थियो ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायत बीच छलफलपछि ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अगाडी बढ्ने सहमति भएको एक नेताले जानकारी दिए ।

केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले देउवालाई बुढानिलकण्ठमा भेटेर सरकार गठनको अग्रसरता लिन भनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !